७९ चैत्र २५ काठमाडौ । ललितपुर जिल्ला जाउलाखेल कुसुन्ती वडा नम्बर १३ निवासी श्री सरिता खनालले २०७९ फागुन १६ गतेका मितिमा कानुन संकाय त्रि.बी. बाट “TRIPS AGREEMENT AND ITS IMPLEMENTATION IN NEPAL” शिर्षकमा विद्यावारीधीब उपाधी हासील गर्नु भएको छ।
निजले आफ्नो शोधपत्रमा नेपाल WTO को पक्ष राष्ट्र भएको औधोगिक सम्पती पेटेन्ट डिजाईन ट्रेडमार्क एवं प्रतिलिपी अधिकार कोषसंरक्षण र संबर्द्दनमा नेपाल ले हाल सम्म खेलेको भूमिका जस अन्तरगत हाल मौजुदा कानुनहरूलाई सन्धी सम्झौता अनुरुप बनाउनको लागि गर्नु पर्ने आबस्यक संशोधन र नयाँ कानुनको निर्माण र तिनका सक्रिय कार्यान्वयनका लागि बुदागत रुपमा सुझाव प्रस्तुत गर्नुभएको छ। कानुन संकाय अन्तरगत हाल सम्म विद्यावारिधी गर्ने पचासौ शोधार्थी मध्ये डाक्टर सरिता खनाल महिलामा तेस्रो र प्रस्तुत शिर्षकमा विद्यावारीधी गर्ने प्रथम नेपाली महिला शोधार्थी हुनुहुन्छ ।
