बागलुङ अधिकांश ग्रामीण क्षेत्रमा पशुपालन गर्ने किसान छन् । उनीहरुलाई न सरकारबाट पाइने अनुदानको थाहा हुन्छ, न आधुनिक प्रविधिका बारेमा ज्ञान । तर, पनि उनीहरुले सयौँ गाईभैँसी, भेडाबाख्रा पालन गर्दै आएका छन् ।

विशेषगरी जिल्लाको उच्च क्षेत्रमा सबैभन्दा बढी भेडाबाख्रा पालन हुने हुँदा यहाँका किसानको अधिकांश बसाइँ लेकमै हुनेगर्छ । निसीखोला, ढोरपाटन, तमानखोला, गलकोट तथा ताराखोलाका माथिल्लो भेगका पशुपालक किसान रैथाने जातका पशुचौपाया पाल्ने गर्छन् भने उनीहरुले परम्परागत शैलीनै अपनाएका हुन्छन् ।

चैतकै पहिलो सातादेखि लेक चढ्ने र असोज महिनाको सुरुमै बेँसी झर्ने उनीहरुको परम्परा हो । बँेसीमा पर्याप्त घाँसपात नहुने हुँदा गोठाला लेकमै बस्ने गर्दछन् । लेकमा बस्दा सामान्य गोठ बनाएर किसानले घाँमपानी छेक्ने र रात बिताउने गर्छन् भने भेडाबाख्रालाई खुल्ला आकाशमुिननै राख्ने गर्छन् । जङ्गलका वन्यजन्तुले पशुचौपायालाई आक्रमण गरेर मारी दिँदा किसानले बेलाबेला लाखौँ रकम नोक्सानी पनि बेर्हाेर्दै आएका छन् । यता सरकारलेलाई बाली तथा पशु बीमा कार्यक्रम ल्याए पनि त्यसले उनीहरुलाई छुनसकेको छैन ।

सौतिस वर्षदेखि भेडापाल गर्दै आउनुभएका निसीखोलाका वीरबहादुर घर्तीले अहिलेसम्म कुनै पनि निकायबाट सहयोग नपाएको सुनाउनुभयो । यस क्षेत्रमा एकै परिवारमा एक सयदेखि हजारसम्म भेडाबाख्रा पालन गर्ने गरेका हुन्छन् ।

हरेक वर्ष कृषि तथा पशुपालन किसानका जिल्लामा करोडौँका बजेट आए पनि वास्तविक किसान सेवा लिनबाट बिमुख बनेका छन् । एक हिसाबले धेरै किसानले अव्यवस्थित रुपमा पशुपालन गर्ने गरेको पाइन्छ । घर्तीले समय–समयमा भेडा बिरामी हुने गरेको सुनाउँदै वनमा पाइने बडिबटी कुटेर खुवाउने गरेको बताउनुभयो ।