कैलालीको कैलारी गाउँपालिका–८ पृथ्वीपुरका किसान विहारी चौधरी ११ कट्ठामा गहुँखेती गर्नुहुन्छ । उक्त जमिनमा गहुँखेती गर्दा रु ११ हजार लाग्ने गरेकामा यसपालि लागत भने घटेको छ । गहुँ खेतीमा जिरो टिलेज प्रविधि प्रयोग गरिएकाले यसपालि रु पाँच हजार मात्र खर्च हुनाका साथै मेहनत कम र काम पनि छिटो सकिएको उहाँले बताउनुभयो । “सामान्यतया गहुँखेती गर्दा तीन पटक जोत्नुर्पछ”, कृषक चौधरीले भन्नुभयो, “तर अहिले जिरो टिलेज प्रविधिमा मेहनत कम र समय पनि बचत भएको छ ।” गहुँका बाला पनि राम्रो भएकाले विगतको भन्दा राम्रो उत्पादन हुने अनुमान गर्दै उहाँले आधुनिक प्रविधि आए पनि एक जनाले मात्र सञ्चालन गर्न सम्भव नभएको बताउनुभयो । “प्रविधि राम्रो छ तर एक जनाले मात्र काम गर्नु सम्भव देखिँदैन,” कृषक चौधरीले भन्नुभयो, “त्यसका लागि समूहगतरुपमा काम गर्नु आवश्यक देखिन्छ । ट्र्याक्टरसँगै सिडड्रिल आश्यक पर्ने हुँदा साना किसानहरूको एकल लगानी भने असम्भव हुन्छ ।” जिरो टिलेज प्रविधिबाट लगाएको गुहँ देखेर अन्य किसान पनि उत्साहित भएको कैलारी गाउँपालिका–८ का अर्का किसान सानुराम चौधरीले बताउनुभयो । जिरो टिलेज ९बिना खनजोत० बाट गरिएको गहुँ खेतीले आफूहरूलाई धेरै सहज भएको उहाँको भनाइ थियो । “पहिलो पटक बारीमा खनजोत नगरेर नै गहुँ लगाइएको छ”, सानुरामले भन्नुभयो, “गहुँको बोट हेर्दा फसल राम्रो हुने देखिन्छ ।