७९ चैत्र १८ काठमाडौं । नेपाल प्रहरीले डलर साटिदिन्छु भन्दै विभिन्न मानिसहरु सग ३० लाख ५० हजार रुपैयाँ ठगी गरेको उजुरीको आधारमा सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे नगरपालिका-ल वडा नम्बर २ कर्थलि घर भएका हाल भक्तपुर जिल्ला बालकोट डेरा गरि बस्ने अन्दाजी २८ बर्षका भिम बहादुर तामाङ नाम भएका लाई बुधबार नेपाल प्रहरीले पक्राउ गरेको छ प्रहरीले जनाएको छ। काठमाडौं उपत्यकाको विभिन्न स्थानहरूबाट बिभिन्न व्यक्तिहरुलाई फोन बाट सम्पर्क गरेर डलर साटीदिन्छु भन्दै विभिन्न लोभ लाभ प्रलोभनमा पारेर उक्त रकम ठगी गरेका थिए । उक्त घटनाको बारे प्रहरीले अनुसन्धान गर्दा तामाङको संलग्नता रहेको खुलेपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको विशेष प्रहरीको टोलिले उनलाई भक्तपुर बालकोट बसपार्कबाट पक्राउ गरेको हो । तामाङलाई थप अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत सातदोबाटो पठाएको छ भने घटनामा संलग्न अन्य थप व्यक्तिहरु को को छन भने बारे प्रहरीले थप अनुसन्धान गर्दै दोषीहरूको खोजी गरिरहेको छ प्रहरी श्रोत ले बताएको छ । (श्रोत; नेपाल प्रहरी समाचार)।