७९ चैत्र १४ काठमाडौ । एक ४७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा धादिङ गजुरी गाउँपालिका वडा नम्बर २ चाम्बास ठेगाना भएका २१ वर्षीय आईमान तामाङलाई आज मंगलबार बिहान प्रहरीले पक्राउ गरेको प्रहरी श्रोतले जनाएको छ । 

आईमान तामाङ ले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरी परेको थियो । उक्त उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय धादिङ गजुरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा नेपाल प्रहरी द्वारा आवश्यक थप अनुसन्धान गर्दै प्रमाण संकलन गर्ने काम गरिरहेको छ । (श्रोत; नेपाल प्रहरी)