७९ चैत्र ११ काठमाडौ । नेपाल यति बेला नेपालमा उर्भर भुमि घर घडेरी बनाउने अभियान अन्तरगत कंक्रीटमा परिणत भएको छ । कति धेरै जग्गा जमिन बाँझो अबस्थामा रहेको देखिन्छ । आफ्नो उर्भर भुमी बाँझो राखेर नेपाली युवा युवतीहरू गाउँनै खाली हुने गरि अरव, साउदी, दुबई, कतार, मलेसिया, देशका जग्गा जमिनमा कृषि सम्बन्धि काममा श्रम गर्न गैईरहेका छन । तर नेपाल शरकार कृषि मन्त्रालय सग नेपालको बाँझो जग्गा जमिनमा के कसरी कृषि उत्पादन गर्न सकिन्छ ? बाँझो जग्गा कसरी सदुपयोग गर्न सकिन्छ ? भन्ने बारे कुनै ठोक कार्यक्रम योजनानै छैन ।
कृषि मन्त्रालय नाम मात्रैको मन्त्रालयको रुपमा देखिएको छ । जग्गा जमिन बाझो हुनुमा नेपालमा मेनपावरको अभावमा हुनु रहेको अनुमान छ । तर नेपाल शरकारले अफ्नो देशको जग्गा जमिन बाझो रहेको देख्दा देख्दै नेपाली युवा युवतीहरूलाई बिदेशीको जग्गा जमिनमा काम गर्न जान प्रोत्साहन गरीरहेको देखिन्छ । नेत्ताले त यति सम्म भन्न भ्याएका छन कि वैदेशिक रोजगारीको लागी आफुले जिते ´फ्री ढेवा फ्री टिकट` दिने खुलम खुल्ला भाषण नै दिए ।
यतिबेला नेपालमा बिषेश गरि ग्रामीण भुगोल सहित देश भर ७लाख भन्दा धेरै घर खाली अवस्थामा रहेको अनुमान छ । राष्ट्रिय जनगणना २०७८/७९ को भनाई र तथ्यांक अनुसार ७ लाखको हाराहारीमा घर खाली रहेको बुझिन्छ । राष्ट्रीय जनगणनाको विवरण अनुसार खाली घरमध्ये पहाडमा धेरै देखिएका छन । पहाडी क्षेत्रमा ५५ प्रतिशत माथि घर खाली देखिएका छन । हिमाली क्षेत्रमामा ४ प्रतिशत माथि घर खाली देखिएका छन् । पालिका अनुसार नगरपालिका भित्र ५ प्रतिशत माथि घर खाली देखिएका छन । गाउँपालिकामा ४६ प्रतिशत माथि घर खाली देखिएका छन । घर खाली हुनेमा प्रदेश मध्ये सवै भन्दा धेरै बागमती प्रदेशमा देखिन्छ । बागमती प्रदेशमा ३० प्रतिशत माथि घर खाली देखिएका छन् । मधेश प्रदेशमा ४ प्रतिशत माथी घर खाली देखिएका छन ।
यस्तो हुनुमा नेपाल शरकारले कृषि उत्पादन सम्बन्धि कुनै ठोस योजना र कार्यक्रम नल्याउनु, बाटोको अभाव, मल, बीउ, शिचाईको उपलब्ध नगराउनु, कृषि बाली सम्बन्धि ठोस बिमा योजना नल्याउनु, युवाहरू लाई बिदेश काम गर्न प्रोत्साहन गर्नु , कृषि मन्त्रालय लाई कृषि सम्बन्धि ज्ञान् को अभाव, कृषि मन्त्रालय अन्तरगतका बिभागमा कृषि बिज्ञ नहुनु भएपनि कृषि सम्बन्धि काम गर्न गराउन कुनै मतलब नराख्ने, “शरकारको काम कहिले जाला घाम” भन्ने सोच मानसिकता बाट ग्रसित ब्यक्ती समूह रहेकोले नेपालमा लखौ घर खाली अनि लाखौं हेक्टर बिघा जग्गाहरू बाझो रहन पुगेको बिज्ञ टोलिको बुझाई छ ।
अर्को तिर विभिन्न अध्यन अनुसन्धान अनुसार नेपाललाई कृषि उत्पादनमा परनिर्भर बनाएर बिदेशी खाध्यन्न, फलफुल, माछा, मासु नेपालमा बेच्न ब्यापारी केन्द्र बनाउन ठुलो देशी बिदेशी शक्ति रणनीतिक योजना र कार्यक्रम सहित परिचालित भएको देखिन्छ
सुझाव:-
नेपाली युवाहरू लाई नेपालमै काम गर्न प्रोत्साहन गराएर नेपालको भूगोल हावापानी सुहाउँदो तरिकाले आधुनिक बैज्ञानिक ढंगले ब्यसायीक कृषि कर्ममा लगाउन सकिने बिज्ञ टोलिको धारणा रहदै आएको छ।