तत्कालीन नेकपा (माओवादी) ले नेपालमा २०५२ सालमा ससस्त्र जनयुद्धको नाम बाट बन्दुक नउठाएको भए नेपालमा राजाले राजगद्दी छाडने संभावनानै थिएन । राजगद्दी छाडने कुरै छाडौ नेपालको वहालवाला प्रधानमन्त्री सेर बहादुर देउवा लाई अयोग्य भनेर राजाले पुलिस क्लवमा नजरबन्दनै गरिदिएका थिए । अन्य शिर्ष ठुला नेत्ताहरूलाई घरघरमै नजरबन्द गरिदिएका थिए।
जब राजाले नेपाली काङ्ग्रेस एमेल, माले सवै राजनीति दलका नेत्तालाई प्रतिबन्ध लगाए तव राजनीतिक दलका शिर्ष नेत्ता ज्यान जोगाउन गोप्य रुपले गिरिजा प्रसाद कोईराला सहित नेत्ताहरू माओवादी गुहार्न पुगेका थिए । नेपालमा राजतन्त्र र राजतन्त्रका राजा श्री ५ ज्ञानेन्द्र शाह बाट राजनीतिक दल र दलका नेत्ताले ब्यक्तिगत रुपमा असुरक्षा र खतरा महसुस गरेपछि सवै नेपालका राजनीतिक दलले माओवादी र माओवादीको बन्दुक सग सहकार्य गरेका थिए ।
फलस्वरूप माओवादी सहित नेपालका राजनीतिक दलले संयुक्त रुपले २०६२ सालमा जनआन्दोलनको नाम दिएर जनआन्दोलन सुरु गरे । माओवादीले नेपालको सवै भूगोलका स्थानीय जनतालाई आह्वान गर्यो, उर्दी जारी गर्यो आन्दोलनमा आउनलाई ! फलस्वरूप अत्यधिक संख्यामा नेपालको पुरै जिल्लामा राजतन्त्र र राजतन्त्रको क्रियाकलाप बिरुद्ध जनआन्दोलन सुरु भएको थियो ।
आन्दोलन २०६२मा सुरु भएर २०६३ सालमा सफल भयो । २०६३ साल सम्म माओवादी र राज्य पक्षको भिडन्तमा १७हजार भन्दा धेरै नेपालीले ज्यान गुमाए । १७हजार भन्दा धेरै नेपाली जनताले ज्यान गुमाएर प्राप्त भएको लोकतन्त्रमा रामवरण याद्प, बिद्या देवी भडारी, रामचन्द्र पौडेल नेपालको रास्ट्रपति बन्न सफल भए ।