२०७९ फागुन २३ काठमाडौ नेपाल।

मूलुकको राजनीतिमा नेपाली कार्लमाक्स शम्भु थापाले नेतृत्व गरि आन्दोलन सुरु नगरेको भए नेपालमा लोकतन्त्र असंभव नै हुनेथियो । थापाले सुरु गरेको जनतन्त्रको समर्थनमा कानुन ब्यबसायीको आन्दोलनमा सम्पुर्ण नेपाली नागरिकको एकता हुनगई बर्तमान शासन ब्यबस्था स्थापना हुनसकेको सवै नेपाली लाई आज झलझली संझना आईरहेको छ ।

थापा ६२/६३ सालको नेपालको जनआन्दोलनमा नागरिक समाजबाट अग्रमोर्चामा थिए । उनी अन्याय, अत्याचार, शोषण, दमनको बिरुद्ध खरो रुपमा प्रस्तुत हुने एक वरिष्ठ कानुन ब्यबसायी पनि हुन । मुलुकमा कानुनको शासन स्थापित गराउन होस वा सवै नागरिक लाई लोकतन्त्रमा गोलबन्द गराउन नेतृत्वदायी भूमिका निर्वाह गरेका जननायक शम्भु थापालाई राष्ट्रपतिमा राष्ट्रीय समर्थन हुने नागरिक आवाज रहेको छ ।

समयमा नै सवै राजनितीक पार्टीहरूले स्वतन्त्र व्यक्तित्व शम्भु थापालाई समर्थन गरेमा यसले राष्ट्र, राष्ट्रीयता मजबुत भई सवै समस्याको समाधान हुन सक्छ । आज सवै जसो व्यक्तिको नेतृत्व नेपाली नागरिकले नेपालमा हेरी सकेको हुँदा एक पटक वकिलको नेतृत्व नेपालमा आवस्यक देखिन्छ । एकले अर्कोलाई दोषारोपण गर्नुभन्दा समयमै सचेत भई सबल सक्षम नेपाली नागरिकका आस्थाका केन्द्र शम्भु थापाको पक्षमा सवै राजनीतिक दल, नागरिक समाज नागरिक गोलबन्द भएर मुलुक लाई समृद्ध नेपाल, सुखी नेपाली, बिकसित राष्ट्र बनाउन सवै नेपाली मिलेर अगाडि बढ्नु पर्ने देखिन्छ । हेमन्त खबर