सम्पादकीय:अधिवक्ता अनन्त देव पराजुली ।

राजतन्त्र र गणतन्त्र दुवै असफल प्रमाणित भैईसकेकोले अब राजतन्त्र ल्याउने तथा गणतन्त्र सस्थागत गर्ने होईन । जनताको लागि जनता द्वारा जनहित र समग्र समाजको हित हुने आर्थिक ,सामाजिक तथा राजनीतिक क्रान्ति सप्पन्न गरि जनतान्त्रिक समाजवादी व्यवस्था जनतन्त्रको घोषणा गर्नु अपरिहार्य भईसकेको छ। जनतान्त्रिक व्यबस्थामा कुनै अमुक नेत्ता ,कार्यकर्ता ,राजा महाराजा, दलाल पुजिपती, दल वा गणका नेता हावी नभई जनमत संग्रह तथा जनमत बाट जनताले नै नेतृत्व गर्ने व्यवस्था हो।

जनतान्त्रिक समाजवादी ब्यबस्थामा शिक्षा, स्वास्थ्य पुर्ण रुपमा नि:शुल्क हुनेछ भने रोजगार ब्यबसाय र सामाजिक सुरक्षाको पुर्ण ग्यारेन्टी गरिनेछ। तसर्थ राजतन्त्र र गणतन्त्र दुवै असफल प्रमाणित भैईसकेकोले अब राजतन्त्र ल्याउने तथा गणतन्त्र सस्थागत गर्ने होईन । जनताको लागि जनताद्वारा जनहित र समग्र समाजको हित हुने आर्थिक, सामाजिक तथा राजनीतिक क्रान्ति सप्पन्न गरि जनतान्त्रिक समाजवादी व्यवस्था जनतन्त्रको घोषणा गर्नु पर्ने अपरिहार्य भईसकेको छ। अब राजतन्त्र गणतन्त्र होईन! जनतन्त्र घोषणा गरौं!