सम्पादकीय: नानिबाबु खरेल ।
यतिबेला नेपाली सेयर लगानीकर्ताले ठूलो नोक्सानी ब्यहोरिरहेका छन । ३२सय नेप्से आसपासमा सेयर किनेर आजको दिन सम्म नबेची होल्ड गर्नेहरूको ६०% माथी नोक्सानी भएको छ। सेयरमा लगानी गर्ने पैसा बैंकमा राखेको भए १०% ब्याज सावाँमा प्लस भएर आउथ्यो यसरी हेर्दा सेयरको लगानीमा ब्याज जोडने हो भने ३२सय नेप्सेमा किन्नेको ७५% माथी नोक्सानी भएको छ ।
सेयर बजारको निमायक निकाय रमिता हेरेर बसेको त होईन ? पुजिबजार सुधारको काम ब्रोकर लाईसेन्स बिस्तार गर्ने काम, ब्रोकर कमिसन घटाउने काम, बैंकलाई ब्रोकर लाईसेन्स दिने काम, सेयर लोन पाउने काम, T+0 लागू गर्ने जस्ता कार्य निमायक निकायको भएपनी निमायक निकायलाई कुनै चासो छैन । नेपाली सेयर बजारमा पुराना ५०/६० ब्रोकरको एकाधिकार कायम छ । पुराना ब्रोकरको सिण्डिकेटमा नेपाली सेयर बजार चलिरहेको छ । निमायक निकाय बाट पुजिबजारको सुधारको कार्य यतिबेला शून्य जस्तै छ ।
नेपालको सेयर बजार नेप्से घटन थालेको करिबकरिब ३बर्ष भएको छ । सेयर बजार नेप्से घटने बढने सामन्य नियम हो । नेप्से जसरी घटछ त्यसैगरी बढछ । बिश्व भर चलेको गति नियम पनि यहि हो । सेयर बजार अन्तर्राष्ट्रिय मापदण्ड अनुसार चलेको हुन्छ । यतिखेर सेयर बजार अत्यन्तै तल्लो बिन्दुमा आएको छ । प्रत्येक कम्पनीको सेयर भाउ अत्यन्तै सस्तो भएको छ । नेपाल बिकास उन्मुख्ख देश हो । बिकसित देश भन्दा बिकास उन्मुख्ख देशमा सेयर बजार नेप्से धेरै बढने संभावना प्रचुर मात्रामा रहन्छ । समग्र परिस्थिति लाई मुल्यांकन गर्दा अबको दुई बर्ष भित्र सेयर बजार नेप्से सात हजार माथी पुग्ने आधार देखिदैछ।