‘साङ्घाई पिपुल्स प्रोक्युरेटरेट’का पूर्व प्रमुख झाङ बेनकाईलाई घूस लिएको आरोपमा अभियोग लगाइएको छ ।

सुप्रिम पिपुल्स प्रोक्युरेटरेट (एसपीपी) का अनुसार झाङले आफूले सम्हालेका विभिन्न पदको फाइदा उठाएर पर्याप्त रकम र बहुमूल्य सामानहरू लिनुभएको अभियोगमा उल्लेख छ ।

झाङको मुद्दामा अनुसन्धान पछि, यसलाई एसपीपीको समीक्षा र अभियोजनको लागि फुजियान प्रान्तको जियामेन शहर प्रोक्युरेटरेटलाई हस्तान्तरण गरिएको थियो ।

एसपीपीले जारी गरेको विज्ञप्तिमा अभियोजकहरूले प्रतिवादीलाई आफ्नो मुद्दाको अधिकारको बारेमा जानकारी दिएको, सोधपुछ गरेको र वकिलहरूको राय सुनेको उल्लेख गरिएको छ ।