Skip to content
Thu, Jul 30, 2026 / 08:02 PM / २०८३, श्रावण १४, बिहीबार
कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Hemanta Khabar LogoHemanta Khabar LogoHemanta Khabar Logo
Media of the nation
  • News
  • International
  • Opinion and Analysis
  • Stock market
  • Don’t Miss

Like this:

Like Loading…
Previous Next

ज्येष्ठ नागरिकको गुमेको दृष्टि फर्काइयो

By हेमन्त खबर संवाददाता|2023-02-11T07:50:46+05:45February 11, 2023|Categories: News|

सामुदायिक आँखा केन्द्र नुवाकोटले चलाएको शिविरमा ४६ ज्येष्ठ नागरिकले शल्यक्रियापछि पुनः आँखा देख्न सक्ने भएका छन् । जिल्लाको सूर्यगढी, लिखु र दुप्चेश्वर गाउँपालिकामा सञ्चालन गरिएको निःशुल्क शिविरमार्फत पहिचान भएका तथा केन्द्रको सम्पर्कमा रहेका ज्येष्ठ नागरिक बिरामीको तिलगङ्गा आँखा प्रतिष्ठानबाट आएका वरिष्ठ नेत्ररोग विशेषज्ञसहितको स्वास्थ्यकर्मीको टोलीले आँखाको ज्योति गुमाएर बसेका व्यक्तिको पुनः ज्योति फर्काउन सफल भएको हो । प्राविधिकको सहयोगमा जिल्लामा नै शल्यक्रिया कक्ष खडा गरेर उपचार सेवा दिइएको केन्द्रका प्रमुख ताराबहादुर वाइबाले जानकारी दिनुभयो । उहाँका अनुसार उपचार गर्न काठमाडौँ जान नसक्ने तथा जान नचाहँदा लामो समयदेखि रोग बल्झाउँदै आएका बिरामीको जिल्लामा नै विशेषज्ञ चिकित्सक ल्याएर शल्यक्रियामार्फत गुमेको ज्योति फर्काइएको हो । “४१ बिरामीको मोतियाबिन्दु भएको र पाँच जनाको आँखामा पलाएको मासु शल्यक्रिया गरेर उनीहरुको दृष्टि फर्काइएको छ”, केन्द्रका प्रमुख वाइबाले भन्नुभयो । ज्येष्ठ नागरिकमा दम, प्रेसर, सुगरलगायतका रोगको कारण चिकित्सकको निगरानीमा स्वास्थ्य अवस्था सन्तुलित कायम गराएर उपचार सेवा दिइएको प्रतिष्ठानका नेत्ररोग विशेषज्ञ डा रोजिता पराजुलीले जानकारी दिनुभयो । उहाँका अनुसार एक सातासम्म उनीहरुलाई स्वास्थ्यकर्मीको सम्पर्कमा राखिने छ ।रासस

Share this:

  • Share on WhatsApp (Opens in new window) WhatsApp
  • Email a link to a friend (Opens in new window) Email
  • Tweet

Like this:

Like Loading…
https://hemantakhabar.com/wp-content/uploads/2025/11/ad-snake-bite.mp4
https://hemantakhabar.com/wp-content/uploads/2025/11/Ad-Fire-safety.mp4
https://hemantakhabar.com/wp-content/uploads/2025/11/Ad-mobile-charge.mp4
https://hemantakhabar.com/wp-content/uploads/2025/11/Ad-Fire-Amb.mp4
https://www.youtube.com/watch?v=bG0k0-V54N8

अधिबक्ता: भुनेश्वर थापा

CurrencyPrice
UAE Dirham 
UAE Dirham
₨41.6379down
Australian Dollar 
Australian Dollar
₨106.7659up
Swiss Franc 
Swiss Franc
₨188.379up
Euro 
Euro
₨175.5444down
British Pound 
British Pound
₨204.4861down
Indian Rupee 
Indian Rupee
₨1.6008
Japanese Yen 
Japanese Yen
₨0.9394up
Qatari Rial 
Qatari Rial
₨42.0097down
Saudi Riyal 
Saudi Riyal
₨40.7774down
Singapore Dollar 
Singapore Dollar
₨118.8707up
US Dollar 
US Dollar
₨152.9153down
30 Jul · FX Source: CurrencyRate 
CurrencyRate.Today
Check: 30 Jul 2026 13:40 UTC
Latest change: 30 Jul 2026 13:31 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
⚡You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀

Hemanta Khabar

Babar Mahal, Kathmandu, Nepal

Ph. +977-9848865488
Ph. +977-9813322214

hemantakhabar@gmail.com

Designed by

Khumbaya Design Solutions

Tanka Prasad Ghumti Sadak,
Hanumansthan, Babar Mahal

Ph: +977-9868834369

Categories

अध्यक्ष :- उपेन्द्र देवकोटा | प्रधान सम्पादक:- नारायण क्रान्ति | प्रेस संवाददाता :- ईश्वर देवकोटा | सूचना विभाग दर्ता नं. 159 - 2073/2074
Page load link
%d
    Go to Top