Skip to content
Thu, Sep 18, 2025 / 05:40 PM / २०८२, आश्विन २, बिहीबार
कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
Hemanta Khabar LogoHemanta Khabar LogoHemanta Khabar Logo
Media of the nation
  • News
  • International
  • Opinion and Analysis
  • Stock market
  • Don’t Miss

Like this:

Like Loading...
Previous Next

ज्येष्ठ नागरिकको गुमेको दृष्टि फर्काइयो

By हेमन्त खबर संवाददाता|2023-02-11T07:50:46+05:45February 11, 2023|Categories: News|

सामुदायिक आँखा केन्द्र नुवाकोटले चलाएको शिविरमा ४६ ज्येष्ठ नागरिकले शल्यक्रियापछि पुनः आँखा देख्न सक्ने भएका छन् । जिल्लाको सूर्यगढी, लिखु र दुप्चेश्वर गाउँपालिकामा सञ्चालन गरिएको निःशुल्क शिविरमार्फत पहिचान भएका तथा केन्द्रको सम्पर्कमा रहेका ज्येष्ठ नागरिक बिरामीको तिलगङ्गा आँखा प्रतिष्ठानबाट आएका वरिष्ठ नेत्ररोग विशेषज्ञसहितको स्वास्थ्यकर्मीको टोलीले आँखाको ज्योति गुमाएर बसेका व्यक्तिको पुनः ज्योति फर्काउन सफल भएको हो । प्राविधिकको सहयोगमा जिल्लामा नै शल्यक्रिया कक्ष खडा गरेर उपचार सेवा दिइएको केन्द्रका प्रमुख ताराबहादुर वाइबाले जानकारी दिनुभयो । उहाँका अनुसार उपचार गर्न काठमाडौँ जान नसक्ने तथा जान नचाहँदा लामो समयदेखि रोग बल्झाउँदै आएका बिरामीको जिल्लामा नै विशेषज्ञ चिकित्सक ल्याएर शल्यक्रियामार्फत गुमेको ज्योति फर्काइएको हो । “४१ बिरामीको मोतियाबिन्दु भएको र पाँच जनाको आँखामा पलाएको मासु शल्यक्रिया गरेर उनीहरुको दृष्टि फर्काइएको छ”, केन्द्रका प्रमुख वाइबाले भन्नुभयो । ज्येष्ठ नागरिकमा दम, प्रेसर, सुगरलगायतका रोगको कारण चिकित्सकको निगरानीमा स्वास्थ्य अवस्था सन्तुलित कायम गराएर उपचार सेवा दिइएको प्रतिष्ठानका नेत्ररोग विशेषज्ञ डा रोजिता पराजुलीले जानकारी दिनुभयो । उहाँका अनुसार एक सातासम्म उनीहरुलाई स्वास्थ्यकर्मीको सम्पर्कमा राखिने छ ।रासस

Share this:

  • Click to share on WhatsApp (Opens in new window) WhatsApp
  • Click to email a link to a friend (Opens in new window) Email
  • Tweet

Like this:

Like Loading...
  Rupee Exchange Rate
https://www.youtube.com/watch?v=bG0k0-V54N8
https://www.youtube.com/watch?v=xv64q5bTJUQ

Hemanta Khabar

Babar Mahal, Kathmandu, Nepal

Ph. +977-9848865488
Ph. +977-9813322214

hemantakhabar@gmail.com

Designed by

Khumbaya Design Solutions

Tanka Prasad Ghumti Sadak,
Hanumansthan, Babar Mahal

Ph: +977-9868834369

Categories

अध्यक्ष :- ईश्वर देवकोटा | प्रधान सम्पादक:- नारायण क्रान्ति | प्रेस संवाददाता :- उपेन्द्र देवकोटा | सूचना विभाग दर्ता नं. 159 - 2073/2074
Page load link
%d
    Go to Top