Skip to content
Mon, Jun 30, 2025 / 01:41 PM / २०८२, असार १६, सोमबार
कृषिमा क्रान्ति राष्ट्रमा शान्ति
www.hemantakhabar.com Logowww.hemantakhabar.com Logowww.hemantakhabar.com Logo
Media of the nation
  • News
  • International
  • Opinion and Analysis
  • Stock market
  • Don’t Miss

Like this:

Like Loading...
Previous Next

सुशासनका लागि सूचनाको हक अभियान सञ्चालन गरिने

By हेमन्त खबर संवाददाता|2023-02-10T17:43:16+05:45February 10, 2023|Categories: News|
सूचनाको हकका लागि राष्ट्रिय महासङ्घ जिल्ला कार्यसमिति काठमाडौँले सुशासनका लागि सूचनाको हक अभियान सञ्चालन गर्ने भएको छ । महासङ्घ जिल्ला कार्यसमिति काठमाडौँले आज यहाँ आयोजना गरेको अन्तरक्रियात्मक प्रशिक्षण कार्यक्रममा जिल्लाका ११ वटै स्थानीय तहका वडा कार्यालयमा सूचना अधिकारीको व्यवस्था गराउने, नागरिक बडापत्र राख्न लगाउने र वडा कार्यालयसम्म गएर सूचना माग्न नागरिकस्तरमा जागरणमूलक कार्यक्रम सञ्चालन गर्ने जानकारी गराइएको हो । सूचनाको हक कार्यान्वयनका लागि आयोग र स्थानीय सरकारलाई पनि सहयोग गर्ने गरी महासङ्घ जिल्ला कार्य समिति काठमाडौँले अभियान चलाउन लागेको हो । कार्यक्रममा आयोगका आयुक्त रत्नप्रसाद मैनालीले पारदर्शिताका लागि काम गर्न सूचनाको हकको क्षेत्र खाली रहेको उल्लेख गर्नुहुँदै व्यक्तिगत र सार्वजनिक सरोकारका विषयमा सूचना माग गरेर नागरिकले काम गर्न सक्ने बताउनुभयो । नेपालमा तीन करोड जनसङ्ख्या भए पनि वार्षिकरूपमा आयोगसम्म एक हजारदेखि एक हजार ५०० सम्म मात्र पुनरावेदन आउने गरेको उहाँले जानकारी गराउनुभयो । सार्वजनिक सरोकारका विषयमा चियापसल, चोक, चौतारामा टीकाटिप्पणी गर्ने तर सूचना माग गर्न नजाने प्रवृत्तिमा सुधार ल्याउन अभियानकर्मी लागिपर्नुपर्ने आयुक्त मैनालीको भनाइ थियो ।रासस

Share this:

  • WhatsApp
  • Email
  • Tweet

Like this:

Like Loading...
  Rupee Exchange Rate
https://www.youtube.com/watch?v=bG0k0-V54N8
https://www.youtube.com/watch?v=xv64q5bTJUQ

Hemanta Khabar

Babar Mahal, Kathmandu, Nepal

Ph. +977-9848865488
Ph. +977-9813322214

hemantakhabar@gmail.com

Designed by

Khumbaya Design Solutions

Tanka Prasad Ghumti Sadak,
Hanumansthan, Babar Mahal

Ph: +977-9868834369

Categories

अध्यक्ष :- ईश्वर देवकोटा | प्रधान सम्पादक:- नारायण क्रान्ति | प्रेस संवाददाता :- उपेन्द्र देवकोटा | सूचना विभाग दर्ता नं. 159 - 2073/2074
Page load link
%d
    Go to Top