मुख्यमन्त्री यादव मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मधेसको विकास बुलेट ट्रेनजस्तै हुने बताउनुभयो । उहाँले भन्नुभयो, “मधेस सरकार हिजो बल्ल पूर्णता पायो, आज प्रदेशसभाको वार्षिकोत्सव कार्यक्रम प¥यो, मन्त्री र सचिवसँग बसेर भोलिदेखि नै सरकारको काम बुलेट ट्रेनको जस्तो तीव्रगतिमा आगाडि बढ्छ ।” मुख्यमन्त्री यादवले प्रदेशमा हुने भ्रष्टाचार नियन्त्रण गरेरै छाड्नेसमेत पुनः दोहो¥याउनुभयो । स्वास्थ्य, शिक्षा, कृषि र पर्यटन आफ्नो मुख्य प्राथमिकतामा रहेको उहाँको तर्क थियो । विगतमा सभामुख हुँदा सम्पूर्ण माननीयको सहयोग र सद्भावले आफूले ऐन, कानुनमात्र नभई प्रदेशको नाम र राजधानीजस्तो संवेदनशील विषयसमेत सहमतिमै पारित गराउन सफल भएको बताउँदै उहाँले यस कार्यकालमा पनि सहयोग र सद्भाव पाए राम्रो काम गर्ने बताउनुभयो ।रासस