सन् २०२० को डिसेम्बरदेखि जेलमा रहेका इरानी पत्रकार केभान सामीमीलाई बिहीबार रिहा गरिएको छ । पारिवारिक स्रोतका अनुसार ७४ वर्षीय समिमीलाई ‘राष्ट्रिय सुरक्षाविरुद्ध षडयन्त्र गरेको’ आरोपमा तीन वर्षको जेल सजाय सुनाइएको थियो । तेहरानबाट करिब २०० किलोमिटर पूर्वमा रहेको सेम्नान जेलमा गत वर्ष स्थानान्तरण गरिएका समीमीलाई आज दिउँसो रिहा गरिएको उहाँको परिवारले पुष्टि गरेको छ । सन् २०२२ को फेब्रुअरीमा उहाँलाई स्वास्थ्यको कारण देखाउँदै जेल छाड्न अनुमति दिइएको थियो । तर राष्ट्रिय सुरक्षाविरुद्ध गतिविधि गरेको आशङ्कामा मे महिनामा उहाँलाई फेरि पक्राउ गरीएको इरानको मेहर समाचार एजेन्सीले जनाएको छ । गत डिसेम्बरमा समीमीले सेप्टेम्बर १६ मा महसा अमिनीको मृत्युपछि इरानमा भएको विरोध आन्दोलनको समर्थनमा आफ्नो मोबाइलबाट सन्देश पठाउनु भएको थियो। २२ वर्षीया इरानी कुर्दको तेहरानमा महिलाहरूका लागि इस्लामिक गणतन्त्रको ड्रेस कोडको उल्लङ्घन गरेको आरोपमा पक्राउ गरिएपछि ‘नैतिकता प्रहरी’को हिरासतमा मृत्यु भएको थियो । समीमीले सन् १९७९ को इस्लामी क्रान्तिअघि र पछि पटक पटक जेल जीवन बिताउनुभएको छ ।रासस