अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) की प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभाले विकासशील देशहरूमा जलवायु वित्तपोषणका लागि आफ्नो सङ्गठनले सहयोग गर्ने बताउनुभएको छ । रूवान्डाको राजधानी किगालीमा पूर्वी अफ्रिकी क्षेत्रका केन्द्रीय बैंकका गभर्नर र अर्थमन्त्रीहरूसँगको गोलमेच छलफलमा जर्जिएभाले भन्नुभयो, “विकासशील देशहरूले आफ्नो संरचनात्मक रूपान्तरण, जलवायु लचिलोपनमा लगानी र कार्बन उत्सर्जन नियन्त्रणलाई समर्थन गर्न दीर्घकालीन वित्तपोषणको पहुँच को हकदार रहेका छन् भन्नेमा हामी पूर्ण विश्वस्त छौँ । विकासशील देशहरूका लागि जलवायु वित्तपोषण योजनाहरू र आईएमएफको लचिलोपन र स्थिरता सुविधाको परिचालनबारे भएको छलफलमा उहाँको यो धारणा आएको हो । कार्यक्रममा सहभागीहरूले जलवायु परिवर्तनलाई कम गर्न नवीन घरेलु समाधानहरू र अन्तर्राष्ट्रिय समुदायले सार्वजनिक र निजी वित्तपोषण परिचालन गर्न उत्प्रेरकको रूपमा कसरी सहयोग वा काम गर्न सक्छन् भन्ने बारेमा छलफल गर्नुभएको थियो । उहाँले समष्टिगत आर्थिक स्थायित्व को संरक्षण र वृद्धि र रोजगारीलाई बढावा दिने सन्दर्भमा आईएमएफले जलवायु नियन्त्रणलाई विशेषे महत्व दिएको उल्लेख गर्नुभयो । अफ्रिकालाई जलवायु वित्त वार्ताको केन्द्रमा राख्नुपर्ने आवश्यकतामा पनि उहाँले जोड दिनुभयो । उहाँले भन्नुभयो, “अफ्रिकाले यस समस्यामा निकै कम योगदान गरेको छ, तर यसले पहिले नै धेरै नाटकीय तरिकाले जलवायु परिवर्तनको परिणामहरू भोगिरहेको छ ।”रासस