‘विविधतायुक्त गाउँसहर, समृद्ध मेरो व्यास नगर’ भन्ने नाराका साथ पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले छैटौँ व्यास नगर अल्ट्रा म्याराथनको आयोजना गरिएको छ । सहिद दिवसका अवसरमा व्यास–५ को मानहुँबाट व्यास–८ को सहिदग्राम पुलिमराङसम्मको ४४ किमी दूरीमा म्याराथन आयोजना गरिएको हो । नगरपालिकाले खेलकुदको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पाँच वर्षदेखि सुरुआत गरेको म्याराथनलाई यस वर्ष पनि निरन्तरता दिन लागेको हो । नगर प्रमुख वैकुण्ठनाथ न्यौपानेले पर्यटकीय गाउँ मानहुँ र सहिदहरूको गाउँ पुलिमराङलाई खेलकुदको माध्यमबाट जोड्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले म्याराथन आयोजना गरिएको जानकारी दिनुभयो । विगतमा गर्दै आएको म्याराथनले मानहँुकोटको पर्यटकीय प्रवर्द्धनमा ठूलो सहयोग पुगेको उहाँले बताउनुभयो ।“ म्याराथन नगरपालिकाको पहिचान बनिसकेकाले निरन्तर दिँदै आएका छौँ”, उहाँले भन्नुभयो, ‘मानहँुलाई पर्यटकीयस्थलका रूपमा चिनाउन म्याराथनले पनि टेवा पुरायाएको छ ।रासस