प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले नेपाल प्रहरी अस्पताल स्कुल अफ हेल्थ साइन्सेज शैक्षिक कार्यक्रमले प्रहरीले सञ्चालन गरिरहेका स्वास्थ्य शिक्षा कार्यक्रममा नयाँ आयाम थप्ने विश्वास व्यक्त गर्नुभएको छ । नेपाल प्रहरी अस्पताल स्कुल अफ हेल्थ साइन्सेज शैक्षिक कार्यक्रम तथा ज्येष्ठ प्रहरी अतिथिगृह भवनको उद्घाटन कार्यक्रममा आज उहाँले सर्वसाधारण र नेपाल प्रहरीका बहालवाला तथा अवकासप्राप्त प्रहरी कर्मचारीका सन्ततिहरूको वृत्ति विकास गरी विकसित र समृद्ध राष्ट्र निर्माणमा आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्न नेपाल प्रहरी अस्पताल स्कुल अफ हेल्थ साइन्सेज शैक्षिक कार्यक्रम सार्थक हुने विश्वास व्यक्त गर्नुभयो । महानिरीक्षक सिंहले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट प्रमाणपत्र तह नर्सिङ कार्यक्रम सञ्चालन गर्न सम्बन्धन प्राप्त यस शैक्षिक संस्थालाई समयसापेक्ष स्तरोन्नति गराउँदै चिकित्सा शास्त्र अध्ययन÷अध्यापन गराउने देशकै नमूना शिक्षण संस्थाका रूपमा विकास गर्दै लैजानुपर्ने आवश्यकता औँल्याउनुभयो ।रासस