सामाजिक परोपकारी संस्था १९८३ मा ‘श्री ३ चन्द्रकामधेनु चर्खा प्रचारक महागुठी’ का नाममा स्थापना भएको पहिलो परोपरकारी संस्था हो । संस्थाका संस्थापक तुलसीमेहेर श्रेष्ठले ९६ वर्ष पहिला गान्धीको सिद्धान्तबमोजिम स्थापना गर्नुभएको संस्थाले खादी तथा घरेलु उद्यम, शिक्षा र स्वास्थ्यका माध्यमबाट गरिब, असहाय, एकल, बेसहारा दीनदुःखी महिलालाई स्वास्थ्य शिक्षा तथा रोजगारका लागि विभिन्न सीपमूलक तालिम उपलब्ध गराउँदै आएको छ । संस्थाले स्थापनाकालदेखि हजारौँ महिलालाई सीपमूलक तालिम दिएर स्वावलम्बी बनाई ५० भन्दा बढी जिल्लामा सेवा दिइरहेको छ । अहिले पनि विभिन्न जिल्लाका करिब ६० महिलाले सीपमूलक तालिम लिइरहेका छन् । संस्थाले आवासीय रुपमा सिलाइबुनाइ, खेलौना र ब्युटीपार्लरको चारमहिने आधारभूत तालिम दिइरहेको कार्यकारी निर्देशक लामिछानेले बताउनुभयो ।रासस