सफल उद्यमी बाह्रदशी गाउँपालिका–६ निवासी सन्तोष सुवेदी लिङ्गेपिङ खेल्ने क्रममा खसेर सख्त घाइते हुँदा उहाँको मेरुदण्डमा नराम्रो असर प¥यो । विसं २०५६ मा बडादसैँको बेलामा बनाइएको लिङ्गेपिङमा मच्चिँदा घाइते भएपछि उहाँलाई मेरुदण्डको पक्षघात भयो । लामो समयसम्म उपचार गर्दा पनि सन्तोष सपाङ्गसरह हिँड्डुल गर्न नसक्ने भएपछि अहिले ह्विलचियरको सहारा लिँदै आउनुभएको छ । पिङबाट लडेर सख्त घाइते हुनुभएका उहाँलाई तत्काल धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पु¥याइएकामा त्यहाँ पूर्णरूपमा ठीक नभएपछि थप उपचारका लागि काठमाडौँस्थित स्पाइनलकट पुनस्र्थापना केन्द्र पु¥याइयो । त्यहाँबाट पनि राम्रोसँग उपचार हुन नसक्दा सन्तोष अहिले पनि सपाङ्ग सरह हिँड्डुल गर्न सक्नुहुन्न । मध्यमवर्गीय जयनारायण सुवेदी र रनमायाका जेठा छोरा उहाँ विसं २०३७ मा पाँचथरको साबिक नान्गिन गाविस–८ मा जन्मिनुभएको थियो । राम्रो शिक्षादीक्षा दिलाउने उद्देश्यले झापाको साबिक डाँगीबारी गाविस–८ मा बसाइँ सरेको सन्तोषको परिवारमा २०५६ सालको बडादसैँका बेला सो बज्रपात परेको थियो । त्यसबेला उहाँ १९ वर्षको मात्रै हुनुहुन्थ्यो ।रासस