दिउँसोको समय मानिस घाम तापेर बसिरहेका थिए । सन्धिखर्कको टुँडिखेलबाट एक्कासि आवाज आयो भूकम्प आयो । भूकम्प आयो बचाउनु होस्, बचाउनु होस् । टुँडिखेलमा रहेको घर भूकम्पले गल्र्याम, गुर्लुम्म ढल्यो । नजिकै रहेको भान्सा कोठामा दनदनी आगो लाग्यो । घरमा रहेका मानिस भूकम्प आयो । घर आगो लाग्यो । गुहारगुहार भन्दै बाहिर निस्किए । एकै छिनमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टिम आयो । घरमा लागेको आगोलाई निभायो । भत्किएको घरभित्र रहेका र घरमै च्यापिएका चार जनालाई पुरिएको घरबाट बाहिर निकाल्यो । साइरन बजाउँदै त्यसै बखत एम्बुलेन्स आए । च्यापिएको घरबाट निकालिएका घाइतेलाई एम्बुलेन्समार्फत जिल्ला अस्पताल पठाइयो । सोही समय दमकल पनि आयो । घरमा लागेको आगो निभायो । सुरक्षाकर्मीको टोलीले घरमा च्यापिएका लत्ता कपडा, अन्नपात निकाले । घरमा रहेका सदस्यलाई घर पनि बनाइदिन्छाँै चिन्ता नगर्नु भनेर सहानुभूतिसमेत दिए । यो दृश्य सन्धिखर्कको टुँडिखेलमा भूकम्प आउँदा हुन सक्ने अवस्था र क्षतिको विषयमा जिल्ला सुरक्षा समितिले देखाएको कृतिम अभ्यासको हो । भूकम्प आउँदा के कस्ता घटना हुन्छन् । र कसरी उद्धारको प्रक्रिया गर्न सकिन्छ भनेर जिल्ला सुरक्षा समितिको आयोजना र सन्धिखर्क नगरपालिकाको सह आयोजनामा कृतिम अभ्यास गरिको थियो ।रासस