जलवायु परिवर्तनका कारण र हेलम्बुले महाविपत्ति भोग्नु परेकामा चर्चा गरिएको छ । साथसाथै फाउण्डेशन र हेलम्बु गाउँपालिकाले संयुक्तरुपमा आयोजना गरेको ‘हेलम्बुमा जलवायु परिवर्तनकोे असर र न्याय’बारे अन्तक्र्रिया कार्यक्रममा पालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले सो कुरा बताउनुभएको हो । उहाँले जलवायु परिवर्तनकै कारण हेलम्बुले महाविपत्तिसमेत भोग्नाका साथै हेलम्बुको स्याउ भनेर परिचित यो क्षेत्रमा स्याउ फल्नै छोडको, लामखुट्टे लाग्न थालेको, हिउँ पर्नै छोडेको र याकहरु समेत लोप हुन थालेकाले असर न्यूनीकरणका लागि विज्ञहरुको ध्यानाकषर्ण गराउनुभयो । गत वर्ष असार १ गते र त्यसपछिका विभिन्न समयमा मेलम्ची नदीमा आएको बाढीले पु¥याएको क्षतिबारे चर्चा गर्दै अध्यक्ष शेर्पाले यस्तो विपत्तिमा पनि राज्यले उल्लेखनीय भूमिका निर्वाह गर्न नसकेको आरोप लगाउनुभयो । उहाँले पुनरुत्थान तथा पुनःनिर्माणका लागि राज्यको नीति तथा कार्यक्रममा हेलम्बु–मेलम्ची क्षेत्र नसमेटिएको गुनासो गर्दै हेलम्बुलाई न्याय दिन आग्रह गर्नुभयो । कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, वनस्पति विभागका निर्देशक डा राधा वाग्ले, नास्टका पूर्वउपकुलपति डा जीवराज पोख्रेलले प्रस्तुत गर्नुभएको जलवायु परिवर्तनसम्बन्धी कार्यपत्रमा कृषि विभागका सबनम सिवाकोटी, राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा प्रभु बुढाथोकीले टिप्पणि गर्नुभयो । राष्ट्रियसभा सदस्य डा बिमला राई पौड्यालले यो मुद्दा सदनमा उठाउने बताउनुभयो । फाउन्डेसनका अध्यक्ष प्रजिता कार्कीले हेलम्बुमा जलवायु परिवर्तनको असर र न्यायका लागि गाउँपालिकासँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।रासस