संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुखले बुधबार अमेरिकाको नयाँ सीमा कार्यान्वयन योजनाले अन्तर्राष्ट्रिय मानव अधिकार र शरणार्थी कानुनको आधारभूत जगलाई कमजोर पार्ने खतरा रहेको बताउनुभएको छ । संयुक्त राष्ट्रसङ्घका मानव अधिकार उच्चायुक्त भोल्कर तुर्कले भन्नुभयो, “व्यक्तिको उत्पत्ति, आप्रवासनको स्थिति वा उनीहरू अन्तर्राष्ट्रिय सीमामा रहेका व्यक्तिले शरण लिन पाउने अधिकार मानव अधिकार हो ।” गत हप्ता अमेरिकी राष्ट्रपति जो बाइडेनले टाइटल ४२ नामक विवादास्पद नियमलाई विस्तार गर्ने नयाँ योजनाको घोषणा गर्नुभएको थियो । यो योजनाले बिना अनुमति सीमामा देखिएका थप मानिसहरूलाई तुरुन्तै फिर्ता गर्न सम्भव भएको थियो । यो योजनाले प्रत्येक महिना लगभग ३० हजारभन्दा बढी भेनेजुयला, हाइटी, क्युबा र निकारागुआका मानिसहरूलाई मेक्सिकोमा द्रूत मार्गबाट फिर्ता गर्न अनुमति दिन्छ । “यी उपायहरू सामूहिक निष्कासनको निषेध र गैर–पुनरुत्थानको सिद्धान्तसँग भिन्न देखिन्छन्,” तुर्कले भन्नुभयो ।रासस