थारू समुदायको लोकप्रिय ‘माघी पर्व’ यसवर्ष पनि काठमाडौंँमा विशेष रूपमा मनाउने तयारी भइरहेको छ । पछिल्लो समय माघीलाई राष्ट्रिय पर्वका रुपमा मनाउने गरिएको छ । तराई क्षेत्रका केही खास जिल्लामा बसोबास गर्ने थारू समुदायको यस पर्वले काठमाडौँ उपत्यकावासीलाई पनि तान्दैछ । यसवर्ष थारू अगुवाले काठमाडौँको टुँडिखेलमा माघी पर्व मनाउने तयारी गरेका छन् । काठमाडौँ उपत्यकामा विभिन्न स्थानबाट आएका थारू समुदाय पनि बस्छन् । थारूले मनाउने पर्वले यहाँका अन्य जातजातिलाई पनि आकर्षण गरेको छ । यस पर्वमा क्रममा पाक्ने परिकार र थारू पहिरनप्रति संस्कृतिप्रेमी आकर्षित हुँदै गएको पाइन्छ । माघीमा विशेषतः ढिक्री, घाँेगी, माछा र गङ्गटा जस्ता परिकार खाने चलन छ । यसवर्ष माघी पर्व यही पुस ३० र आगामी माघ १ मा मनाउन लागिएको थारू कल्याणकारीसभाका महामन्त्री प्रेमीलाल चौधरीले बताउनुभयो । सो पर्वका अवसरमा स्थानीय टुँडिखेलमा करिब एक सय कक्ष रहने छन् । रासस