जनता समाजवादी पार्टी (जसपा)को मधेश प्रदेश संसदीय दलको नेताका लागि लालबाबु राउत र सरोजकुमार यादवले उम्मेदवारी दर्ता गराउनु भएको छ । निर्वाचन समितिका संयोजक लालकिशोर साहले राउत र यादवको उम्मेदवारी परेको जानकारी दिनुभयो । चर्चामा रहेका अर्का उम्मेदवार रामआशिष यादवले अन्तिम समयमा उम्मेदवारी दिनुभएन । उहाँले सरोजकुमार यादवलाई समर्थन गर्नुभएको छ । संसदीय दलका नेताका उम्मेदवार राउत यसअघि मधेश प्रदेशको मुख्यमन्त्री तथा यादव प्रदेश सभामुख हुनुहुन्थ्यो । आज साँझ ५ बजेदेखि ६ बजेसम्म चुनाव निर्वाचन हुनेछ । जसपाका प्रदेशसभा सदस्यमा १६ जना हुनुहुन्छ ।रासस