इरानी अधिकारकर्मी तथा पत्रकार केभान समिमीलाई रिहा गरिने बताइए पनि अहिलेसम्म हिरासतमा नै राखिएको उहाँको परिवारले सोमबार एएफपीलाई बताएको छ । सन् २०२० को डिसेम्बरमा ‘राष्ट्रिय सुरक्षाविरुद्ध षडयन्त्र’ गरेको आरोपमा तीन वर्षको जेल सजाय सुनाइएका ७३ वर्षीय वृद्धलाई रिहा गरिएको सरकार निकट दैनिक ‘शार्ग’ले आइतबार जनाएको थियो । राजधानी तेहरानबाट २०० किलोमिटर पूर्वमा पर्ने सेम्नानको जेलमा समिमी अझै पनि सजाय भोगिरहेकोे उहाँको परिवारले सोमबार जनाएको छ । सन् २०२२ को फेब्रुअरीमा स्वास्थ्य समस्याका कारण उहाँलाई स्वदेश फर्कन अनुमति दिइएको थियो । मेहर समाचार संस्थाका अनुसार राष्ट्रिय सुरक्षाविरुद्ध गतिविधि गरेको आरोप लागेपछि उहाँलाई मे महिनामा पुनः जेल पठाइएको थियो । गत डिसेम्बरमा उहाँले १६ सेप्टेम्बरमा महसा अमिनीको मृत्युपछि भएको विरोध प्रदर्शनलाई समर्थन गर्ने सन्देश जेलबाट प्रकाशित गर्नुभएको थियो । इरानी अधिकारीहरूले अशान्तिका कारण सुरक्षा बलका सदस्यहरूसहित सयौं व्यक्तिको मृत्यु भएको र हजारौंलाई देशव्यापी रूपमा गिरफ्तार गरिएको बताएका छन् ।