साउन ८ नेपाल ।

मधेश प्रदेश सरकार, श्रम तथा यातायात मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था कार्यालय लहान, सिरहाबाट सवारीसाधन र चालक अनुमतिपत्रसम्बन्धी सम्पूर्ण सेवा पुनः सञ्चालनमा आएका छन्।

कार्यालयले २०८३।०४।०८ गते शुक्रबार सूचना जारी गर्दै मन्त्रालयको निर्देशनबमोजिम यही मितिदेखि सवारी कर, नवीकरण, नामसारी, सरुवा सहमती लगायतका सवारीतर्फका सबै सेवा सुचारु भएको जनाएको छ।

त्यस्तै चालक अनुमतिपत्रतर्फ असार ३२ गतेसम्मका लागि नयाँ र वर्ग थपको लागि समय लिएका र जैविक विवरण दिन बाँकी रहेका सेवाग्राहीले २०८३ साउन १२ गते मंगलबारभित्र जैविक विवरण गराइसक्नु पर्ने कार्यालयले जनाएको छ।

जैविक विवरण नहुने र चालक अनुमतिपत्रको नवीकरण, नयाँ दर्ता, थप दर्ता, प्रतिलिपी लगायतका अन्य कार्यहरू एकीकृत प्रणाली सञ्चालनमा आएपछि मात्र हुने पनि सूचनामा उल्लेख छ।

सेवाग्राहीले भोग्नुपरेको असुविधाप्रति कार्यालयले क्षमायाचना गरेको छ।