असार ३२ नेपाल ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य हाललाई यथावत राख्ने निर्णय गरेको छ। निगमले २०८३ असार ३१ गते बुधबार जारी गरेको प्रेस विज्ञप्ति अनुसार नयाँ मूल्य २०८३ असार ३२ गते बिहान ०:०१ बजेदेखि लागू हुनेछ।

कति पर्छ अहिले ?
निगमले क्षेत्रगत रुपमा ३ वर्गमा मूल्य तोकेको छ।
पेट्रोलियम पदार्थपहिलो वर्गदोस्रो वर्गतेस्रो वर्ग
पेट्रोल रु १९४.५० रु १९६.० रु १९७.०
डिजेल/मट्टितेल रु १९२.५० रु १९४.० रु १९५.०
कुन क्षेत्र कुन वर्गमा पर्छ ?
१. पहिलो वर्ग: चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज
२. दोस्रो वर्ग: सुर्खेत र दाङ
३. तेस्रो वर्ग: काठमाडौं, पोखरा र दिपायल

किन बढाइएन त ?
निगमका अनुसार विगत केही महिनादेखि मध्यपूर्वमा जारी रहेको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा उतारचढाव आएको छ।
इण्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्य अनुसार स्वचालित मूल्य प्रणाली बमोजिम मूल्य समायोजन गर्नुपर्ने भएपनि हाललाई साविककै खुद्रा बिक्री मूल्यलाई यथावत राखिएको निगमले जनाएको छ।

निगम सञ्चालक समितिको २०८३/०३/३१ को निर्णय अनुसार यो मूल्य तोकिएको हो।
– हेमन्त खबर

Screenshot