असार ३० नेपाल।
उच्च अदालत बार एशोसिएसन, पाटनको नयाँ कार्यसमिति र केन्द्रीय कार्यकारिणी परिषद सदस्य चयनका लागि निर्वाचन मिति तय भएको छ।
बारको निर्वाचन समितिले सूचना प्रकाशित गर्दै आगामी २०८३ साल साउन ३० गते शनिबारका दिन निर्वाचन हुने जनाएको छ। निर्वाचन नेपाल बार एशोसिएसनको विनियम २०४९ को नियम १६ बमोजिम हुनेछ।
कुन-कुन पदमा कति निर्वाचन?
निर्वाचन समितिका अनुसार कार्यसमिति र केन्द्रीय परिषद गरी निम्न पदमा निर्वाचन हुनेछ:
पद संख्या
अध्यक्ष १
उपाध्यक्ष १
सचिव १
सह सचिव (महिला) १
कोषाध्यक्ष १
सदस्य महिला ३
सदस्य खुल्ला १
केन्द्रीय कार्यकारिणी परिषद सदस्य (पार्षद) कुल मतदाता संख्याको २५ मा १
महत्वपूर्ण मिति र समय तालिका
निर्वाचन समितिले सार्वजनिक गरेको तालिका अनुसार:
1. कार्यक्रम प्रकाशन: २०८३ असार २९ गते सोमबार, दिउँसो ४:० बजे
2. मतदाता नामावली प्रकाशन: २०८३ श्रावण १५ गते शुक्रबार, दिउँसो ४:०० बजे
3. दाबी-विरोध: २०८३ श्रावण १८ गते सोमबार, दिउँसो १:३० बजे सम्म
4. उम्मेदवारी दर्ता: २०८३ श्रावण १९ गते मंगलवार, बिहान ११:० बजेदेखि दिउँसो ३:०० बजे सम्म
5. उम्मेदवारको अन्तिम नामावली: २०८३ श्रावण २० गते बुधबार, दिउँसो ५:०० बजे
6. मतदान: २०८३ श्रावण ३० गते शनिबार, बिहान ८:०० बजेदेखि दिउँसो ४:०० बजे सम्म
स्थान: उच्च अदालत बार पाटनको परिसर
मतगणना मतदान सकिएपछि र परिणाम मतगणना सकिएपछि सोही स्थानमा घोषणा गरिनेछ।
उम्मेदवारी शुल्क कति?
उम्मेदवारी दर्ताका लागि पद अनुसार फरक-फरक शुल्क तोकिएको छ।
पद शुल्क
अध्यक्ष रु. ३५,०/-
उपाध्यक्ष, सचिव, सह-सचिव, कोषाध्यक्ष रु. २५,०००/-
सदस्य (महिला समेत) रु. २०,०/-
केन्द्रीय परिषद सदस्य रु. २,०००/-
सम्पर्क
थप जानकारीका लागि निर्वाचन समितिको कार्यालय, उच्च अदालत बार एशोसिएसन पाटनको सचिवालय, ललितपुरमा सम्पर्क गर्न सकिनेछ।
फोन: ०१-५४३६०६२
फ्याक्स: ०१-५४२६६४०
निर्वाचन समितिमा प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता शान्तिराम खतिवडा, निर्वाचन अधिकृतहरू अधिवक्ता रवीन्द्र कुमार दाहाल र अधिवक्ता इन्दु कार्की रहनुभएको छ।



