असार २९ नेपाल ।
काठमाडौं जिल्ला अदालतले आगामी ७ दिनसम्म नयाँ मुद्दाहरूको दर्ता बन्द गर्ने भएको छ।
अदालतले आज जारी गरेको सूचनामा आर्थिक वर्ष २०८३/०८४ को वार्षिक कार्य योजना निर्माण र आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन तयार गर्ने लगायतका व्यवस्थापकीय कार्य गर्नुपर्ने भएकाले यस्तो निर्णय गरिएको जनाएको छ।
कहिलेदेखि कहिलेसम्म बन्द ?
सूचना अनुसार २०८३ असार ३० गतेदेखि साउन ६ गतेसम्म हदम्याद व्यतीत हुने मुद्दाहरू बाहेक अन्य नयाँ मुद्दाहरूको दर्ता बन्द हुनेछ।
अदालतले साउन ७ गते बिहीबारदेखि भने नियमित रूपमा मुद्दाहरू दर्ता हुने पनि स्पष्ट पारेको छ।
सेवाग्राहीलाई आग्रह
काठमाडौं जिल्ला अदालतका सेस्तेदार धनेन्द्र अधिकारीले जारी गरेको सूचनामा सम्बन्धित सरोकारवालाहरूलाई यसबारे जानकारी गराइएको छ।
हदम्याद नाघ्ने जोखिम भएका मुद्दाहरू भने तोकिएको समयमा नै दर्ता हुने अदालतले जनाएको छ।

