असारमा २६ नेपाल ।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडका संस्थापक र कर्मचारीहरूको नाममा रहेको कुल ३७ लाख ४५ हजार १२० कित्ता शेयरको लक-इन अवधि आगामी भदौ ३० गते समाप्त हुने भएको छ।

कम्पनीले नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज र सिडिएस एण्ड क्लियरिङ लिमिटेडलाई जानकारी गराउँदै सो व्यहोराको पत्र पठाएको छ।

कति र कसको शेयर खुल्दैछ ?
कम्पनीले पठाएको पत्र अनुसार लक-इन अवधि समाप्त हुने शेयर विवरण यस्तो छ:
क्र.स.शेयर विवरणकुल शेयर संख्या
१ संस्थापकहरूको शेयर ३६,६३,७६,८००
२ कर्मचारीहरूलाई बाँडफाँड गरिएको शेयर ७१,४५,२०
जम्मा३७,४५,१२०
उक्त सबै शेयरको लक-इन अवधि वि.सं. २०८३/०४/३० गते अर्थात सन् २०२६ अगस्ट १४ मा समाप्त हुनेछ।

के हो लक-इन अवधि?
लक-इन अवधि भनेको कम्पनीको संस्थापक र कर्मचारीले पाएको शेयरलाई तोकिएको समयसम्म बिक्री गर्न नपाउने व्यवस्था हो। यो अवधि सकिएपछि उक्त शेयर धारकले चाहेमा बजारमा बिक्री गर्न पाउँछन्।

रिलायबल नेपाल लाइफले नेपाल धितोपत्र बोर्डको मिति २०८०/०५/२५ को पत्रको निर्देशन बमोजिम यो जानकारी सार्वजनिक गरेको हो। कम्पनीले सो सम्बन्धी सूचना २०८३/०३/२६ गतेको नेपाल समाचार पत्रमा समेत प्रकाशन गर्ने जनाएको छ।

बजारमा यसको प्रभाव
कुल ३७ लाख ४५ हजार कित्ता शेयर बजारमा थपिने भएकाले यसले रिलायबल नेपाल लाइफको शेयर मूल्य र कारोबारमा प्रभाव पार्न सक्छ। सामान्यतया लक-इन खुलेपछि संस्थापक पक्षबाट बिक्री चाप आउने सम्भावना हुने भएकाले लगानीकर्ताहरूले यसलाई नजिकबाट हेरिरहेका छन्।

कम्पनीको पत्रमा नायब प्रमुख कार्यकारी अधिकृत दिपेश बाबु तिवारीको हस्ताक्षर रहेको छ। पत्रको बोधार्थ नेपाल बीमा प्राधिकरण र कम्पनी रजिष्ट्रारको कार्यालयलाई पनि दिइएको छ।