फागुन २७ नेपाल ।
हाल विभिन्न सञ्चार माध्यममा बजारमा ग्यासको अभाव र केहि ठाउँमा विक्रेता द्वारा अनुचित मुल्य लिएर उपभोक्तालाई ग्यास विक्रि गरेको भन्ने समाचार प्रति हाम्रो महासंघको गम्भिर ध्यानाकर्षण भएको
ग्यास बिक्रेता महासंघ नेपालले जारी गरेको प्रेस बिज्ञप्तिमा उल्लेख रहेको छ ।
मध्यपुर्वमा देखिएको असान्तिका कारण आम उपभोक्त मा ग्यास पाइंदैन भन्ने चिन्ता हुनु स्वभाविक हो। यस विषय परिस्थीतिमा सरकारले तोकेको मल्य भन्दा बेसि मुल्य लिई विक्रि वितरण गर्नु गर्भिर अपराध भएकोले कहि कतै त्यसो हुन गएको भए उक्त गैर कानुनि काम नगर्न आम विक्रेता लाई ग्यास बिक्रेता महासंघ
विज्ञप्ती मार्फत अपिल गरेको छ ।
साथै यस खालको विषम परिस्थीतिमा सरकारले तोकेको मुल्य भन्दा बढि मुल्य लिने विक्रेता तथा उधोगलाई कानुनी कारवाहि गर्न ग्यास बिक्रेता महासंघले सरकार संग माग गरेको छ।
साथै यस प्रकारका गैर कानुनी काम गर्ने जो कोहि लाई कारवाहि हुने कुरा सबै जिल्ला संघ मार्फत सबै विक्रेतमा जानकारि गराउदै ग्यास बिक्रेता महासंघ नेपालले चेतावनी समेत दिएको छ ।

