फागुन १९ नेपाल ।
निर्वाचन आयोगको मिति २०८२ फागुन १८ को बैठकबाट प्रतिनिधि सभा सदस्य निर्वचन, २०८२ मा धनुषा जिल्ला क्षेत्र नं. १ बाट पहिलो हुने निर्वाचित हुने प्रणाली तर्फ राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट मनोनयन दर्ता गराउनु भएका उम्मेदवार किशोरी साह (कमल) प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १३ को खण्ड (ज) बमोजिम उम्मेदवार हुन अयोग्य रहेको ठहर गरी निर्वाचन आयोग ऐन, २०७३ को दफा ९ को उपदफा (५) बमोजिम उम्मेदवारी खारेज गर्ने निर्णय भएको निर्वाचन आयोगले आज सार्वजनिक रुपले जानकारी गराएको छ।

