फागुन १९ नेपाल ।
आसन्न सम्वत् २०८२ साल फाल्गुन २१ गतेका दिन हुने प्रतिनिधि सभा सदस्यको आमनिर्वाचनलाई मध्यनजर गरी नेपाल सरकार (मन्त्रिपरिषद) द्वारा फाल्गुण २०, २१ र २२ गतेका दिन सार्वजनिक विदा घोषणा भएको, त्यसभन्दा अघि ऐ ऐ १८ र १९ गते पहाडी र तराई क्षेत्रमा होली पर्व / फागु पूर्णिमा विदा र २३ गते शनिवार र २४ गते पुनः अन्तर्राष्ट्रिय महिला दिवसको सार्वजनिक विदा पर्न गएको हुँदा सो अवधिमा आमनिर्वाचनका वित्तीय पक्षका सारभूत कार्य तथा सेवाहरूमा असर पर्न नदिन सम्मानित आयोगको मिति २०८२/११/१४ को निर्णय एवम् अनुरोध अनुरूप महालेखा नियन्त्रक कार्यालय मातहत कोष तथा लेखा नियन्त्रक कार्यालयहरूवाट निर्वाचन सम्बन्धी कामको भुक्तानी निकासा, राजस्व दाखिला लगायतका सेवा सुचारु गराइएको निर्वाचन आयोगले जनाएको छ।
उक्त कार्यालयलले प्रणाली सञ्चालनका लागि प्राविधिक जनशक्ति खटाई निर्वाध सेवा प्रवाहको व्यवस्था मिलाईसकेको जानकारी प्राप्त भएको निर्वाचन आयोगले भनेको छ।
यसै गरी नेपाल राष्ट्र बैंकद्वारा सरकारी कारोवार गर्ने एजेन्सी बैंक तथा राजनीतिक दल र उम्मेदवारहरुका निर्वाचन प्रचार प्रसार बैंक खाता सञ्चालन गर्ने बैंक तथा वित्तीय संस्थाहरुद्वारा रकम दाखिला तथा भुक्तानी लगायतका वित्तीय सेवाहरु सुचारु गराउनका साथै एनसिएचएल मार्फत भूक्तानी समाशोधन एवम् प्रणालीहरूको निर्वाध सञ्चालनको प्रवन्ध भएको, यस क्रममा मिति २०८२/११/२१ गते मुलुकभरका मतदाताहरुले एकैपटक मतदान गर्ने दिन भएकोले सो दिन वित्तीय एवम् वैङ्किङ्ग सेवा सञ्चालन नहुने र सो को भोलिपल्ट फाल्गुण २२ गतेदेखी यथावत् सञ्चालन हुने व्यहोरा अनुरोध छ।

