फागुन १९ नेपाल ।

प्रधान सेनापति अशोक राज सिग्देलले आज फागुन १९ गते काठमाडौँको नारायणहिटी स्थित श्री उपत्यका पृतना हे.क्वा.को निरीक्षण भ्रमण गरेका छन् ।

निरीक्षण भ्रमणको दौरान प्रधान सेनापतिले पृतना हे.क्वा. को जिम्मेवारी क्षेत्रमा आसन्न प्रतिनिधि सभा निर्वाचनको सुरक्षा एवं समग्र वस्तुस्थितिको सम्बन्धमा जानकारी लिएको सेनाले जनाएको छ ।

भ्रमणमा प्रधान सेनापतिले विभिन्न चरणमा निर्वाचनका लागि सवै पृतनाहरुको तयारी सम्बन्धी स्थलगत निरीक्षण पूरा गरि आगामी फागुन २१ को निर्वाचनमा पाएको आ-आफ्नो जिम्मेवारीहरू उत्कृष्ट ढङ्गले सम्पादन गर्न निर्देशन दिएको नेपाली सेनाले जनाएको छ।