फागुन १९ नेपाल ।
नेपाली राजदूतावास जापानले गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् जापान एवं क्षेत्रीय समिति नागोयासँगको सहकार्यमा घुम्ती सेवामार्फत् राहदानी तथा अन्य कन्सुलर सेवा प्रदान गर्ने कार्यक्रम तय गरेको छ। जापानमा रहेका नेपाली नागरिकले आफूलाई आवश्यक पर्ने सेवा लिनुहुन सम्बन्धित सबैमा नेपाली राजदुतावास जापानले हार्दिक अनुरोध गरेको छ।
विद्युतीय राहदानी का लागि राहदानी विभागको मोवाइल एप एप्पल आईफोन को लागि एप्स स्टोर तथा एन्ड्रोईड फोनको लागि प्ले स्टोर बाट एप डाउनलोड गरी प्री ईन्रोलमेन्ट बुकिङ्ग गरी फाराम डाउनलोड तथा प्रिन्ट गर्नुपर्ने साथै प्री ईन्रोलमेन्ट बुक नगरी सेवा उपलब्ध गराउन नसकिने जापान स्थित नेपाली राजदुतावासले जारी गरेको सूचनामा उल्लेख रहेको छ।
राहदानी / कन्सुलर घुम्ती सेवा आयोजना हुने मिति जापानी समय अनुसार २०८२ चैत्र २१ देखि २४ सम्म, समयः- विहान ९ः३० बजे देखि साँझ ५:०० बजेसम्म (दिउसो १२ बजेसम्म।
उक्त घुम्ती सेवामा २०८३ चैत्र २३ सम्म म्याद सकिने राहदानीवाहकले नवीकरण गर्न पाउने साथै, जापानमा जन्मेका बच्चाको पहिलोपटक राहदानी बनाउन र हराएको, नासिएको वा अन्य कारणले राहदानी प्रयोग गर्न नमिल्ने भएमा पनि राहदानी बनाउने प्रक्रिया गर्न सकिने
नागोयामा आयोजना हुने घुम्ती सेवालाई लक्षीत गरी मिति २०८२ चैत्र १० गते प्री ईन्रोलमेन्ट बुकिङ्ग खुला गरिने र उक्त दिनहरुमा घुम्ती सेवामा सेवा लिन चाहनुहुनेले मात्र प्री ईन्रोलमेन्ट बुकिङ गर्नुहोला नेपाली राजदुतावासले जारी गरेको सूचनामा उल्लेख रहेको छ। र राजदूतावासमा आउनका लागि प्री ईन्रोलमेन्ट बुकिङ्ग
नगर्न समेत दूतावासले सूचना मार्फत जनाएको छ।

