फागुन १९ नेपाल ।

मध्यपूर्वमा विकसित विद्यमान विशेष परिस्थितिलाई दृष्टिगत गर्दै कुवेत तथा ईराकमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई राजदूतावास निम्न बमोजिम जानकारी तथा विशेष अनुरोध गरेको छ।

कुवेत तथा ईराकको आधिकारिक निकायहरूबाट प्रेषित हुने समाचार/ निर्देशन सूचना बमोजिम सजग रहनुहोस।

कुवेत तथा ईराकको हवाईक्षेत्र खुलेपश्चात् मात्र नियमित उडान शुरु हुने हुँदा सोबारे अद्यावधिक सूचनाका लागि कुबेतको हकमा डाईरेक्टर जनरल अफ सिभिल एभियसन र ईराकको हकमा इराक सिविल एभियसन अथोरेटीको वेबसाइट हेर्नुहुन तथा आफ्नो सम्बन्धित वायुसेवा प्रदायक अथवा ट्राभल एजेन्सीसँग सम्पर्क गर्नुहुन नेपाली राजदूतावास कुवेतले जनाएको छ।

अफवाहपूर्ण सूचना सामग्रीहरू सामाजिक सञ्जालमा सेयर पोष्ट नगर्नुस।

कुवेतको आकाशमा देखिने कुनै पनि हवाई आक्रमण तथा प्रतिरक्षाका घटनाहरू तथा घटनास्थलको तस्बिर/भिडियो नखिच्न तथा सामाजिक सञ्जालमा सेयर पोष्ट नगर्नका लागि कुवेत सरकारले प्रकाशित गरेको सूचना पूर्ण रुपमा पालना गर्नुहोस।

भिडभाड हुने स्थान तथा सैन्य क्षेत्रको आसपासमा नजानुहोस।

कुनै अपरिचित वा शंकास्पद वस्तु नजिक नगइदिनुहोस

साईरन बजेको बेला घर/कार्यस्थल बाहिर भएको अवस्थामा नजिकैको भवनभित्र बस्नु हुन तथा भवनभित्रै भएको अवस्थामा सुरक्षितसाथ भवनभित्रै बसिदिनुहुन तर सिसा/झ्याल/बार्दली छेउछाउ नबसिदिनुहोस।

नेपालमा रहेका आफ्ना परिवारसँग तथा कुवेत तथा ईराकस्थित आफू बसेको क्षेत्रमा भएका नेपाली समुदायसँग नियमित सम्पर्कमा रहनुहोस।

परिवारसँग सम्पर्क बिहिन भएको भन्दै राजदूतावासमा धेरै सोधपुछहरू आईरहेको हुँदा आफू कामविशेषले केही समय सम्पर्क माध्यमको पहुँचमा नहुने अवस्था भएमा सोको पूर्व जानकारी परिवारमा गराउनु होस।

नेपाल तथा अन्य मुलुकका लागि कुबेत ट्रान्जिट हुँदै यात्रा गर्ने क्रममा कुवेतमा रहनुपरेका नेपाली नागरिकलाई मेडेकल ईमर्जेन्सी परेमा राजदूतावासलाई तुरून्त सम्पर्क गर्नुहोस।

कुवेतमा रहनुभएका नेपाली नागरिकहरूलाई कन्सुलर तथा अन्य सेवा आबश्यक परेको अवस्थामा अत्यावश्यक सेवाका लागि नेपाली राजदूतावास नियमित रुपमा खुला रहेको कुवेत स्थित नेपाली राजदुतावासले आज जारी गरेको सूचनामा उल्लेख रहेको छ।