फागुन १८ नेपाल ।

संयुक्त अरब इमिरेट्सको अबुधावीस्थित जायद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय पार्ने क्रममा भएको घटनामा मिडल ईष्ट कम्पनीमा सेक्युरिटी गार्डको रुपमा कार्यरत नेपाली नागरिक श्री दिबस श्रेष्ठ (वर्ष २९, घर गोर्खा जिल्ला) को निधन भएको युएईको परराष्ट्र मन्त्रालयबाट आधिकारिक जानकारी प्राप्त भएको दूतावासले जनाएको छ ।

निज श्रेष्ठको निधनप्रति नेपाली राजदूतावास गहिरो दुःख व्यक्त गरेको छ। साथै दीवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना दूतावासले व्यक्त गरेको छ ।

परिस्थिति सहज भएपश्चात स्व. श्रेष्ठको पार्थिव शरीर यथाशीघ्र स्वदेश फिर्ता लैजाने लगायतका सम्पूर्ण कार्यमा सहजीकरण गर्न नेपाली राजदूतावास तत्पर रहेको व्यहोरा समेत दूतावासले आज शोक प्रेस बिज्ञप्ति जारी गरेर जानकारी गरएको छ ।

साथै संवेदनशील परिस्थितमा युएइमा रहेका सम्पूर्ण नेपाली नागरिकहरुलाई संयम्ता अपनाउन र सुरक्षित स्थानमा रहन तथा युएई सरकारद्वारा जारी गरिएका सुरक्षा सम्बन्धी सम्पूर्ण मापदण्डहरु पूर्णरुपमा पालना गर्न समेत दूतावास अनुरोध गरेको छ ।