फागुन १८ नेपाल ।
प्रधान सेनापति महारथी श्री अशोक राज सिग्देलले आज मिति २०८२ फाल्गुण १७ गते हेटौडा स्थित श्री मध्य पृतना हे.क्वा.को निरीक्षण भ्रमण गरेका छन् ।
निरीक्षण भ्रमणको दौरान प्रधान सेनापतिले पृतना हे.क्वा. को जिम्मेवारी क्षेत्रमा आसन्न प्रतिनिधि सभा निर्वाचनको सुरक्षा एवं समग्र वस्तुस्थितिको सम्बन्धमा जानकारी लिनुका साथै प्राप्त जिम्मेवारीहरू उत्कृष्ट ढङ्गले सम्पादन गर्न निर्देशन दिनु भएको छ । सो क्रममा प्रधान सेनापतिले प्रदेश कमान्ड पोस्ट तथा निर्वाचन सेलका पदाधिकारीहरूसँग भेटघाट एवं अन्तरक्रिया समेत गर्नु भएको छ ।
