फागुन १८ नेपाल ।
संवत् २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष, र भयमुक्त वातावरणमा सम्पन्न गर्नका लागि निर्वाचन आचारसंहिता, २०८२ को कार्यान्वयन सुनिश्चित गर्न आचारसंहिताको दफा ३२ बमोजिम सहायक प्रमुख जिल्ला अधिकारी/कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख फरक-फरक कार्य जिम्मेबरीसहित निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकिएको निर्वाचन आयोगले जनाएको छ।
निर्वाचन आचारसंहितामा मतदान हुने दिनको अघिल्लो अठचालिस घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेल फागुन १८ गते रातको १२ बजेदेखि फागुन २१ गते सम्म आचारसंहिताले तोकेका सबै पक्षले पालना गर्नुपर्ने आचरणको प्रभावकारी परिपालनाको अनुगमन गर्न तथा विशेष गरी निर्वाचन आचारसंहिता, २०८२ को दफा १७मा “मतदान हुने दिनको अघिल्लो अठचालिस घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म पालना गर्नुपर्ने विशेष आचरण’ र आचारसंहिताको दफा १८ मा “मतदानको दिन पालना गर्नुपर्ने आचरण परिपालनाको सम्बन्धमा अनुगमन गरी उक्त व्यस्थाको कार्यान्वयनलाई प्रभावकारी बनाउन आफ्नो जिल्लाभित्र सुक्ष्म अनुगमन गर्न र आचारसंहिता तथा निर्वाचन कसुर तथा सजाय ऐन, २०७३ विपरीतका कार्य गरेको पाइएमा निर्वाचन ऐनको अधिनमा रही जिल्ला आचारसंहिता अनुगमन समितिसमेतको सहकार्यमा अनुगमनकर्ताको अधिकारको प्रयोग गरी निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्न/गराउन निर्वाचन आयोगले सम्बन्धित निर्देशन दिएको छ।
सोही बमोजिम प्रचारप्रसार निषेध अवधिमा प्रचलित कानुन र निर्वाचन आचारसंहिता बमोजिम गर्न नहुने भनी तोकिएका कार्यहरु नगर्न/गराउनुहुन निर्वाचन आयोगले सम्बन्ध सवै पक्षहरुलाई अनुरोध गरेको छ।


