माघ १५ नेपाल ।

आज सेयर बजार नेप्से १७.५३अंक अर्थात ०.६४प्रतिशतले घटेर २७१४.०५ विन्दुमा बजार बन्द भएको छ । आज सेयर किनबेच १४अर्व ५६करोड ३१लाख ३८हजार ८सय ६५रुपैयाँ दशमलव ७१पैसा बराबरको सेयर किनबेच भएको छ।

सेयर बजारमा सेयर कारोबारलाई अर्थतन्त्र चलाएमान राख्ने अस्त्रको रुपमा लिईन्छ। नेपालको सेयर बजार नेप्से चार बर्ष पहिले बत्तिस सयको आसपास पुगेको थियो । त्यसपछि नेप्से तलमाथि गर्दै आजको दिनमा चलिरहेको छ । बत्तिस सय नेप्सेमा सेयर किनेर आजसम्म नबेची होल्ड गर्ने सेयर लगानीकर्ताको सेयर सम्पत्ति सावाँनै सत्तरी प्रतिशतको हाराहारीमा नोक्सानी भएको देखिन्छ।

नेप्से २६सयको आसपास झिनो अकंले घट्ने र बढने गरेको धेरै दिन चलेको देखिन्छ। यो क्रमलाई अनुभवी सेयर लगानीकर्ता सकारात्मक सन्देश हो भन्छन् ।

केही लगानीकर्ता भन्छन् २६सय नेप्से अत्यन्तै बलियो बिन्दुमा चलेको र देशको राजनीतिक अवस्था सुधारउन्मुख रहेकोले सेयर बजार नेप्सेले सकारात्मक सन्देश दिईरहेको समेत बताउछन् । २६ सय नेप्से झिनो अकंले तलमाथि गरेको लामो समय भईसकेको छ भने२६सय नेप्से अत्यन्तै बलियो बटमलाईन भएको आम लगानीकर्ताहरुको बुझाईमा रहेको पाईन्छ