माघ १४ नेपाल ।

आसन्न प्रतिनिधि सभा निर्वाचन-२०८२ को प्रत्यक्ष तर्फ जनता समाजवादी पार्टी, नेपालको नीति तथा निर्णय विपरीत पार्टीको आधिकारिक उम्मेदवारहरूको विरुद्ध, उम्मेदवारी दिने तथा पार्टीको हीत, पार्टी अनुशासन र विधान विपरीत कार्य गरेको भन्दै आजकै मितिवाट लागु हुने गरी पार्टीबाट आठ नेत्ता निष्काशन गरिएको जनता समाजवादी पार्टीले प्रेस बिज्ञप्ति जारी गरेर जनाएको छ ।

निष्कासनमा परेका व्यक्तिहरुः प्रदीप यादव पर्सा निर्वाचन क्षेत्र १, चन्दन कुमार सिंह वारा निर्वाचन क्षेत्र,आत्माराम साह वारा निर्वाचन क्षेत्र २,कमरुल्लाह अन्सारी वारा निर्वाचन क्षेत्र १, उदयकान्त मिश्र सर्लाही निर्वाचन क्षेत्र ४, हरिनारायण यादव महोत्तरी निर्वाचन क्षेत्र ३, नवल किशोर सिंह बारा, डा. शिवजी यादव महोत्तरी रहेको प्रेस बिज्ञप्तिमा उल्लेख रहेको छ।