माघ १४ नेपाल ।

कृषि ज्ञान केन्द्रको आ.व. २०८२/८३ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार “अनुदानमा प्राङ्गारिक मल वितरण कार्यक्रम (८५ % अनुदान) को प्राविधिक मापदण्ड तथा संचालन विधि, २०८२” वमोजिम सप्तरी जिल्लाका कृषक/कृषक समूह/कृषि सहकारी/संस्था/ निजी कृषि फर्म तथा कृषि उद्यमीहरुलाई प्राङ्गारिक मल सहयोगका लागि आवेदन पेश मधेश प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कृषि विकास निर्देशनालय कृषि ज्ञान केन्द्र राजविराज सप्तरीले सूचना प्रकाशित गरेको छ ।

इच्छुक आवेदकहरुले सूचना प्रकाशित भएको मितिले ३० (तीस) दिन भित्र आबस्यक कागजातहरु संलग्न गरी निवेदन सहित आवेदन दर्ता गर्न मधेश प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कृषि विकास निर्देशनालय कृषि ज्ञान केन्द्रराजविराज सप्तरी ले आह्वान गरेको छ।