माघ १२ नेपाल ।
लोक सेवा आयोगको सहमति अनुसार नागरिक लगानी कोषमा रिक्त रहेका विभिन्न पदहरूमा खुला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्ने भएको छ।
योग्यता पुगेका नेपाली नागरिकले नेपाली नागरिकताको प्रमाणपत्र तथा शैक्षिक योग्यता लगायत आबस्यक कागजात तथा प्रमाणपत्रका प्रतिलिपिहरू समेत संलग्न राखी सूचना प्रकाशन भएको मितिले २१ (एक्काइस) दिन र दोव्वर दस्तुर तिरी थप ७ (सात) दिनभित्र दरखास्त दिन नागरिक लगानी कोषले सार्वजनिक आह्वान गरेको छ।

