माघ १० नेपाल ।

आगामी फागुन २१ गते हुन गइरहेको आम निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट आधिकारिक उम्मेदवार रहेका निर्वाचन क्षेत्रमा पार्टीको निर्णय र निर्देशनविपरित उम्मेदवार बनेका व्यक्तिहरुलाई नेपाली कम्युनिस्ट पार्टी विधानको दफा १०६ बमोजिम अनुशासनको कारवाही गर्दै पार्टीबाट निस्कासन गरिएको नेपाली कम्युनिस्ट पार्टीले जनाएको छ ।

निष्कासनमा परेका नेत्ताहरुमा हरिबोल गजुरेल – सिन्धुली, महेश्वर दाहाल-सिन्धुली,कुलप्रसाद के.सी.- दाङ, मेजर राई-उदयपुर, धर्मनाथ साह-सिरहा, राजकुमारी साह-सिरहा, जिवछ साह- सिरहा रहेको नेपाली कम्युनिस्ट पार्टीले जारी गरेको प्रेस बिज्ञप्तिमा उल्लेख रहेको छ।