माघ १० नेपाल ।
२०८२ साल माघ ११ गते सम्पन्न हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत माघ १ गतेदेखि ९ गतेसम्म पहिलो हुने निर्वाचित हुनेतर्फको मनोनयन पत्र दर्ता, उम्मेदवार उपर दावी विरोध र छानविन, उम्मेदवारी फिर्ता लगायतका कार्य निर्वाचन आयोगले सम्पन्न गरेको जनाएको छ ।
त्यस्तै समानुपातिकतर्फ बन्दसूचीमा रहेका उम्मेदवारहरुको नामावली प्रकाशन, दावी विरोध संकलन लगायतका कार्य र समानुपातिकतर्फको मतपत्र छपाई, मतदाता नामवाली छपाई लगायतका कार्यहरु निर्वाचन आयोगले सञ्चालन गरेको छ ।
सोसँग सम्बन्धित संक्षिप्त कामहरु राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत संवत् २०८२ साल माघ ११ गते हुने मतदान कार्यको लागि आयोगको तर्फबाट गर्नुपर्ने सम्पूर्ण तयारी पूरा गरेको निर्वाचन आयोगले जनाएको छ।
उम्मेदवारको मनोनयपत्र दर्ता, दावी विरोध, छानविन, अन्तिम नामावली प्रकाशन तथा चुनाव चिन्ह वितरणलगायतका कार्य सम्पन्न गरेको, निर्वाचनका लागि मतपत्रसमेत सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पठाएको, राष्ट्रिय सभा सदस्य निर्वाचनको मतदान माघ ११ गते बिहान ९:०० बजेदेखि दिउँसो ३:०० बजेसम्म सम्बन्धित प्रदेशमा तोकिएको मतदान केन्द्रमा हुने निर्वाचन आयोगले जनाएको छ।

