माघ ७ नेपाल ।

मिति २०८२ माघ ११ मा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि अन्तिम मतदाता नामावलीमा नाम कायम भएका मतदाताहरूले मतदान गर्न जाँदा परिचय खुल्ने कागजातका आधारमा मतदान गर्न पाउने गरी आयोगबाट निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि निर्वाचन आयोगले जनाएको छ।

निर्वाचन लागि पहिचान खुल्ने कागज:
(क) निर्वाचन आयोगबाट जारी भएको मतदाता परिचयपत्र,
(ख) निर्वाचन अधिकृतवाट प्रदेश सभाको सदस्यमा निर्वाचित हुँदा उपलब्ध गराइएको प्रमाणपत्र,
(ग) निर्वाचन अधिकृतबाट गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाको प्रमुख र उपप्रमुखमा निर्वाचित हुँदा उपलब्ध गराइएको प्रमाणपत्र,
(घ) प्रदेश सभा सचिवालय वा स्थानीय तहले उपलब्ध गराएको सम्बन्धित पद खुलाएको परिचयपत्र,
(ङ) नेपाली नागरिकताको प्रमाणपत्र,
(च) राष्ट्रिय परिचयपत्र ।