माघ ७ नेपाल ।
मिति २०८२ पुस २९ गते अं.१९:३० बजेको समयमा जिल्ला सिन्धुली घ्याङलेख गाउँपालिका वडा नं.०२ हायुटार स्थितमा रहेको एस.बि.आई बैंकको शाखा कार्यालयमा अपरिचित व्यक्तिहरुको समुहले उक्त बैंकको सुरक्षागार्ड तथा उक्त बैंकमा रहेका कर्मचारीहरु समेतलाई नियन्त्रणमा लिई खुकुरी समेत प्रहार गरी बैंक भित्र छिरी नगद लुट्ने कार्यमा संलग्न भई फरार रहेका ज्ञान बहादुर ब्लोन तामाङलाई कार्यालयबाट खटी गएको प्रहरी टोलीले मिति २०८२ माघ ६ गते अं.१४:३० बजेको समयमा जिल्ला काठमाण्डौं कीर्तिपुर न.पा. वडा नं.०७ सुख्खा बन्दरगाहबाट निजलाई पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय, सिन्धुली पठाईएको काठमाडौं प्रहरीले प्रेस बिज्ञप्ती जारी गरेर जनाएको छ।

