माघ ५ नेपाल ।
“ह्याक गर्न दुर्गा प्रसाईंले लगाएको भन्दै कुनै पनि ठोस प्रमाण र आधि आधिकारिक पुष्टि बिना भ्रामक अडियो वा सूचना फैलाउने अधिकार कसैलाई छैन। प्रविधिको दुरुपयोग गरी सिर्जना गरिएका यस्ता कपोलकल्पित सामग्रीले समाजमा भ्रम फैलाउने मात्र नभई सम्बन्धित व्यक्तिको सामाजिक प्रतिष्ठामा समेत आघात पुऱ्याउँछ।
हामीले ध्यान दिनुपर्ने कुराहरूः
अडियोको सत्यताः आजको समयमा ‘डीपफेक’ वा ‘भ्वाइस क्लोनिङ जस्ता प्रविधि प्रयोग गरेर कसैको पनि नक्कली आवाज निकाल्न सकिन्छ, त्यसैले सुन्दैमा विश्वास गरिहाल्नु हुँदैन ।
बिना प्रमाण कसैको चरित्र हत्या हुने गरी भ्रामक अडियो फैलाउनु विद्युतीय कारोबार ऐन (Cyber Law) अन्तर्गत सजाययोग्य अपराध हो।
सत्यता नबुझी फैलाइने हल्लाले कसैको जीवन र मान-प्रतिष्ठामा गम्भीर असर पर्न सक्छ। हामी यसको घोर भर्त्सना गर्दछौ जिम्मेवार नागरिकको हैसियतले यस्ता भ्रामक भ्रामक सामग्रीलाई निरुत्साहित गरौं। दुर्गा प्रर्साईको सचिवालय द्वारा जारी प्रेस बिज्ञप्तिमा भनिएको छ।

