माघ ५ नेपाल ।
२०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई शान्तिपूर्ण र भयरहित तवरबाट सम्पन्न गर्नका लागि ताप्लेजुङ जिल्लाभित्र इजाजत प्राप्त विभिन्न किसिमका हातहतियारहरु निर्वाचन कार्य सम्पन्न भएको एक महिना पश्चात फिर्ता पाउने गरी मिति २०८२ माघ २० गतेभित्र आफूलाई पायक पर्ने नजिकको प्रहरी इकाई मार्फत जिल्ला प्रहरी कार्यालय, ताप्लेजुङमा बुझाउनु हुन सम्पूर्ण हातहतियार धनीलाई जिल्ला प्रशासन कार्यलय ताप्लेजुङले सूचना जारी गरेको छ ।
